काठमाण्डाैंः म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले यहाँस्थित कालिपुल बसपार्कमा भगवान शिवको स्वर्ण स्तम्भको आज शिलान्यास गर्नुभएको छ । उहाँले म्याग्दी उद्योग वाणिज्य सङ्घको स्वर्ण जयन्ती (५० औं वर्षगाँठ) को अवसर पारेर भगवान शिवको स्वरुप झल्कने स्वर्ण स्तम्भको शिलान्यास गर्नुभएको हो ।
सदरमुकाम बेनी प्रवेश गर्ने आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने गरी कूल रु तीन लाख ५२ हजारको लागतमा करिब सात फिट अग्लो स्तम्भ निर्माण हुने बताइएको छ । सो अवसरमा नगरप्रमुख श्रेष्ठले यहाँको पर्यटन प्रवद्र्धनमा स्वर्ण स्तम्भले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नगरको विकासमा सबैको सहयोग र समन्वय आवश्यक भएको बताउनुभयो ।
सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सङ्घले स्वर्ण जयन्तीको अवसरमा बाढीपहिरो पीडितलाई राहत र बिरामीलाई फलफूल वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दैं आएको बताउनुभयो ।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष जीवनकुमार विश्वकर्मा, बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीलगायत सहभागि हुनुहुन्थ्यो ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया