जेठ २७, २०८३ बुधबार June 10, 2026

यु–१६ क्रिकेट उपाधि डिएभीले जित्यो

डिएभीले जित्यो यु–१६ क्रिकेट उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २७ गते । एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि सुशील केडिया विश्व भारती स्कुल (डिएभी)ले जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा डिएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतीको आधारमा सात विकेटले हराउँदै उपाधि जितेको हो । डिएभीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

वर्षाले प्रभावित खेलमा जितका लागि ७० रनको लक्ष्य पछ्याएको डिएभीले १०.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । वर्षाका कारण खेल १२ ओभरमा घटाइएको थियो ।

डिएभीको जितमा आरुष झाले अविजित २६ रन बनाउनुभयो । बिराज जैसवालले २२ र प्रसिद्ध जैशीले ६ रन बनाउनुभयो । बलिङमा पुलिसका प्रियान्शुकिशोर राउत र सुनिल ठाकुरले एक एक विकेट लिनुभयो ।

यसअघि मङ्गलबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाउनुभयो । श्यामबाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रन बनाउनुभयो ।

बलिङमा डिएभीका कमल शाहीले चार तथा कुञ्जन आचार्य र प्रसिद्ध जैशीले दुई दुई विकेट लिनुभयो । उपाधिसँगै डीएभीले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले ७५ हजार रुपियाँ पुरस्कार पायो ।

काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया