जेठ २७, २०८३ बुधबार June 10, 2026

नेपाल एसियन कपमा छनोट हुन असफल

बलिङमा नेपालकी कविता कुँवर, रिया शर्मा र रुवीना क्षेत्रीले एक एक विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २७ गते । नेपाल एसियन कपमा छनोट हुन असफल भएको छ । मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा बुधबार थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि नेपाल छनोटबाट बाहिरिएको हो ।

मलेसियास्थित बायुमास क्रिकेट ओभल मैदानमा जितका लागि थाइल्यान्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याउको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो ।

नेपालका लागि रुवीना क्षेत्रीले अविजित २० रन बनाउनुभयो । उहाँले २३ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै सोनी पाख्रिनले १५, सीता रानामगरले अविजित १२ र ओपनर सम्झना खड्काले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङ, सुनिदा चातुरोङ्रात्तना र सुलीपोर्न लाओमीले दुई दुई तथा फान्निता मायाले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो । थाइल्यान्डका लागि नन्नपत कोन्चारोएन्काईले सर्वाधिक ६२ रन बनाउनुभयो ।

उहाँले ५१ बलमा ६ चौका हान्नुभयो । यस्तै फन्निता मायाले २६ र चनिदा सुथिरुवाङले १६ रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवर, रिया शर्मा र रुवीना क्षेत्रीले एक एक विकेट लिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया