श्रावण २४, २०८३ आइतबार August 9, 2026

आज बिहिबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल

बृश्चिक राशिलाइ आज प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानातिना समस्या देखिएपनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनको सवालमा यात्राको तय हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापारमा वृद्धि भएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय तथा अध्ययन गर्नेहरूका लागि समयले साथ दिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिने तथा अध्ययनको लगावले आर्थिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । तरपनि स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको सवालमा विशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार वा सेयर बजारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समय फलदायी रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामीप्य बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरू हल भएर जानेछन् । अध्ययन तथा कामको लागि यात्राको योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट तपाईँको कामका सहयोग पाइनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिँदैन । व्यापार तथा सेयर बजारबाट लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) चलि आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउँदै व्यापार तथा वित्तीय क्षेत्रमा  लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने सेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार