श्रावण २४, २०८३ आइतबार August 9, 2026

आज मंगलबार : गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

तुलालाई आज परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।

मिथुन : दिन धेरै राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।

सिंह : दिन सामान्य छ । राजनीतिमा साथी खराब छन्। आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

कन्या : संकटमा परिवारले साथ दिनेछन् । सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ । सेवाका लागि राजनीतिमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।

वृश्चिक : हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार