जेठ २९, २०८३ शुक्रबार June 12, 2026

हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन

बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट, (हुम्ला), २९ जेठः यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ । बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो सेवा प्रारम्भ भएको हो । बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए ।

उक्त सेवाअन्तर्गत रजस्वला र त्यसक्रममा हुने समस्या तथा तिनको निदान, परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भपतन, गर्भपात गराउन उत्पन्न हुने जटिल शारीरिक समस्या, मानसिक एवं प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई परामर्श पनि उपलब्ध हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया