असार ३, २०८३ बुधबार June 17, 2026

कालीकोटको सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा

अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्म (कालीकोट), ३० जेठः कालीकोट जिल्लाका नौ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमूनिका बालबालिकाले नौ, गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

खाँडाचक्र , रास्कोट, तिलागुफा नगरपालिका सहित महाबै, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो । शुक्रबार पलाँता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डा रत्नवीर सुनारले बताउनुभयो ।

जिल्लाका तीन हजार ६३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले जानकारी दिनुभयो । ‘जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने योजना रहेको छ ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार