जेठ ३०, २०८३ शनिबार June 13, 2026

श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ३० गते । श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

शनिबार काठमाडौँको माइतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन् । आन्दोलनरत एमबिबिएस उत्तीर्ण चिकित्सक डा.प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ ।

एक वर्ष काम गरेर मात्र एमडीको अध्ययन गर्न पाइने तर आफूजस्ता चिकित्सक राम्रो अङ्क ल्याएपनि नेपालको उच्च शिक्षामा रहेको शोषणका कारण एमडी अध्ययन गर्न नसकेको बताउनुभयो ।

चिकित्सकले लगातार ३६ घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा दुई दिन बिदा दिइएको समयमा पनि एक दिन पनि आफूलाई बिदा नदिइएको भन्दै आपत्ति जनाउनुभयो ।

मेडिकल माफिया र केही शिक्षण अस्पतालको आम्दानीको श्रोतका लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उहाँको जिकिर छ ।

देशमा सरकार, मन्त्रीहरू फेरिएर कांग्रेस, कम्युनिस्टबाट जेनजी र वालेनको सरकार आए पनि चिकित्सकको समस्या जहाँको त्यहीँ रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । अधिकतम दिनमा १२ घण्टाको ड्युटी र हप्तामा एक दिन बिदा होस् भन्ने साधारण माग आफूहरूको रहेको उहाँको भनाइ छ ।

आन्दोलनरत प्रशिक्षार्थी चिकित्सकले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्, मलाई बोल्न दे सरकार, स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन, डाक्टरको ३६ घण्टे ड्युटी खारेज गर, प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागु गर, सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा ? रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
२०८३ जेठ ३०, शनिबार
घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश बक्सिङमा दाङको वर्चस्व
२०८३ जेठ ३०, शनिबार
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
२०८३ जेठ ३०, शनिबार
अमेरिका-इरानबिच २४ घण्टाभित्र सम्झौता हुन सक्ने : पाकिस्तान
२०८३ जेठ ३०, शनिबार
सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
२०८३ जेठ ३०, शनिबार
अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
२०८३ जेठ ३०, शनिबार
श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा
२०८३ जेठ ३०, शनिबार