जेठ ३०, २०८३ शनिबार June 13, 2026

घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश बक्सिङमा दाङको वर्चस्व

४ स्वर्णसहित दाङले जित्यो लुम्बिनी प्रदेशस्तरीय बक्सिङको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही, जेठ ३० गते  । दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ।

घोराही उपमहानगरपालिका-१५ स्थित दरबार स्केट पार्कमा भएको प्रतियोगितामा दाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य‌  पदकसहित समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा २ स्वर्ण र २ कांस्य पदकसहित पाल्पा दोस्रो स्थानमा भएको थियो।

प्रतियोगितामा बाँके र गुल्मीले समान १ स्वर्ण र १ रजत पदक जित्न सफल भएका छन्।‌ रुपन्देहीले‌ १  स्वर्ण, नवलपरासीले १ रजत र १ काश्य‌ र  अर्घाखाँचीले १ रजत पदक जित्न सफल भएको छ।

प्रतियोगिता प्रदेश खेलकुद परिषद्‌ लुम्बिनीको‌ आयोजनामा तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक सहयोगमा शुक्रबार‌ र‌ शनिबार दुई दिन घोराहीमा भएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतम, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको थियो।‌प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाडीको सहभागिता रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
२०८३ जेठ ३०, शनिबार
घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश बक्सिङमा दाङको वर्चस्व
२०८३ जेठ ३०, शनिबार
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
२०८३ जेठ ३०, शनिबार
अमेरिका-इरानबिच २४ घण्टाभित्र सम्झौता हुन सक्ने : पाकिस्तान
२०८३ जेठ ३०, शनिबार
सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
२०८३ जेठ ३०, शनिबार
अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
२०८३ जेठ ३०, शनिबार
श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा
२०८३ जेठ ३०, शनिबार