श्रावण १४, २०८३ बिहिबार July 30, 2026

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता

जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यु, जीआईजेड र पीटीबी नेपालका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटमा जर्मनी सरकारको आर्थिक सहकार्य तथा विकास मन्त्रालयअन्तर्गत दक्षिण एसिया विभाग तथा विकास प्रमुख बार्बरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज सहभागी थिए ।

भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यु, जीआईजेड र पीटीबी नेपालका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

छलफलका क्रममा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा भएको थियो ।

मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गर्दै सरकारका प्राथमिकताका क्षेत्रमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

त्यस अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान आवश्यकता र सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा पनि सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास व्यक्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार