मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी

उपाधि दाबेदार बेल्जियम इजिप्टविरुद्ध जित निकाल्न असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। सिएटल स्टेडियममा भएको विश्वकप समूह ‘जी’ को उद्घाटन खेलमा उपाधि दाबेदार बेल्जियमले इजिप्टसँग १–१ को बराबरी खेलेको छ।

खेलमा पछाडि परेको बेल्जियमलाई दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले तत्काल प्रभाव पार्दै हारबाट जोगाए।

इजिप्टले १९औँ मिनेटमा अग्रता लिएको थियो। आफ्नो ३०औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मिडफिल्डर इमाम अशोरले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै पहिलो अन्तर्राष्ट्रिय गोल गरे।

३४औँ जन्मदिन मनाइरहेका मोहम्मद सलाहको सटिक पासलाई अशोरले पहिलो टचमै नियन्त्रण गर्दै दायाँ खुट्टाबाट प्रहार गरेका थिए। बल बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाको पहुँचभन्दा बाहिर तल्लो बायाँ कुनामा पुगेर जाली चुमेको थियो।

इजिप्टका प्रशिक्षक होसाम हसनले सलाहलाई सेन्टर अट्याकिङको भूमिकामा उतारेका थिए, जसको प्रभाव सुरुदेखि नै देखिएको थियो। पहिलो हाफमा इजिप्टले गरेका दुवै प्रहार लक्ष्यमा राख्यो भने बेल्जियमका आठ प्रयासमध्ये कुनै पनि गोलपोस्टभित्र पुग्न सकेन।

३३औँ मिनेटमा मोस्ताफा जिकोको प्रहारलाई कोर्टुवाले उत्कृष्ट डाइभिङ गर्दै बचाउ गरेका थिए। अर्कोतर्फ, इजिप्टका गोलरक्षक मोस्ताफा शोबिरले पहिलो हाफमा खासै चुनौती सामना गर्नुपरेन।

दोस्रो हाफमा बेल्जियमले खेलमा दबाब बढायो। ५५औँ मिनेटमा सलाहको हेडरलाई फेरि कोर्टुवाले उत्कृष्ट बचाउ गरे। त्यसपछि ओमर मारमुशको प्रहार गोलभन्दा बाहिर डिफ्लेक्ट भएको थियो।

६६औँ मिनेटमा बेल्जियमले शारीरिक बल थप्ने उद्देश्यसहित रोमेलु लुकाकुलाई मैदानमा उतारेको थियो। मैदान प्रवेश गरेको केवल २८ सेकेन्डमै उनले खेल बराबरीमा ल्याउन महत्वपूर्ण भूमिका खेले।

थोमस मुनिएरको क्रसमा लुकाकुले दुई डिफेन्डरलाई छल्दै बलतर्फ दौडिएपछि इजिप्टका डिफेन्डर अहमद हानीको खुट्टामा बल लागेर आफ्नै पोस्टमा आत्मघाती गोल हुन पुग्यो।

त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन सकेन। ७५औँ मिनेटमा सलाह मैदानबाट बाहिरिएसँगै इजिप्टको आक्रमण कमजोर बन्यो र अन्ततः खेल १–१ को बराबरीमा सकियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार