काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफुले चुनाब जितेर कडा मेहनत गरिरहेका अमेरिकी नागरिकहरुको कदर गर्ने गरी गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित गर्ने दाबी गरेका छन् ।
यतिखेर डेमोक्रेटहरुसंग राहत बजेट अध्यादेश सम्बन्धी छलफल चलिरहेको थियो । डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले ट्रम्प अप्ठेरोमा परेका नागरिकका लागि गर्नुपर्ने दायित्वबाट विमुख भएको टिप्पणी गरेका छन् ।
कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने उनले बताएका छन् । साथै उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया