श्रावण २४, २०८३ आइतबार August 9, 2026

विश्व हिन्दू महासंघ नेपालको सभापतिमा अरुणकुमार पाण्डे, नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको आठौँ महासभाबाट निर्विरोध निर्वाचित सभापति अरुणकुमार पाण्डेले बुधबार काठमाडौंको बाँसबारीस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। सो अवसरमा नवगठित केन्द्रीय कार्यसमितिको विस्तार तथा सामूहिक पदभार ग्रहण कार्यक्रमसमेत सम्पन्न भएको छ।

कार्यक्रममा सभापति पाण्डेले महासंघका संस्थापक परिकल्पनाकार स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह तथा राष्ट्रगुरु योगी नरहरिनाथ को सालिकमा माल्यार्पण गर्दै आफ्नो कार्यकालको औपचारिक सुरुआत गर्नुभएको थियो।

नवनिर्वाचित कार्यसमितिमा महेश्वर शर्मा पौडेल, ज्योतिष पण्डित लेखनाथ न्यौपाने र अर्चना शर्मा उपसभापतिमा चयन हुनुभएको छ। त्यसैगरी उत्तमराज भण्डारी महासचिव, ऋषिराम पोखरेल कोषाध्यक्ष तथा राष्ट्रिय समाचार समितिकी सञ्चारकर्मी अर्चना झासहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू केन्द्रीय सदस्यमा चयन भएका छन्।

सभापति पाण्डेले २०३७ सालमा स्थापना भएको विश्व हिन्दू महासंघ हाल विश्वका ४३ देशमा राष्ट्रिय समिति विस्तार गर्न सफल अन्तर्राष्ट्रिय संस्था भएको जानकारी दिनुभयो। उहाँले महासंघले सनातन धर्म, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।

उहाँले नवगठित कार्यसमितिले संगठनलाई थप सुदृढ बनाउने, युवा पुस्तालाई धार्मिक तथा सांस्कृतिक चेतनासँग जोड्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महासंघको उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि महासंघले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। नवगठित कार्यसमितिले आगामी दिनमा संगठन विस्तार, धार्मिक जागरण तथा सामाजिक अभियानलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार