श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मनी लाउण्डरिङ्ग मुद्दामा भट्ट, अग्रवाल र गोल्छा कारागार चलान

सम्पत्ति शुद्धीकरण अभियोगमा तीन व्यवसायीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको बेञ्चले उक्त आदेश दिएको हो ।

उनीहरुलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।

मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए। भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो ।

प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते र गोल्छालाई वैशाख १० गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका निम्ति पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) को अनुसन्धानपछि तयार पारिएको अभियोगपत्रमा भट्टविरुद्ध अभियोजन पक्षले आर्थिक वर्ष २०७४–०७५ मा उनको स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्याङ्कनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम थप सम्पत्तिका रूपमा देखाइएको उल्लेख थियो ।

भट्टकै इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७–०७८ मा ४५ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०७९–०८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको दाबी अभियोगपत्रमा गरिएको थियो। सो रकम बैंकिङ कसुर तथा कर्जा अपचलनमार्फत प्राप्त स्रोतबाट लगानी गरिएको आशंका प्रहरी अनुसन्धानमा गरिएको थियो ।

उनीहरुको विरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र र बीमा कसुर तथा पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा विचाराधीन छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार