कार्तिक २८, २०८३ शनिबार November 14, 2026

आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाए

आजै भगवान् कुमारको जन्मदिनका रूपमा उनको पूजा गर्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । आज भक्तपुरसँगै काठमाडौँ उपत्यकालगायत नेवार समुदायले सिथि नखः पर्व भव्य रूपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षाको महत्त्वपूर्ण कार्य धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

आज सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गरिएको छ । बर्सातका मौसममा बगेर आउने पानीको भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता पनि हो । हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नख को दिन पानीको मूलको सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको मान्यता छ ।

आजै भगवान् कुमारको जन्मदिनका रूपमा उनको पूजा गर्ने प्रचलन छ । नेवार समुदायमा सिथि नख को महत्त्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । जात्रा पर्व सबै थाती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाडका रूपमा सिथि नख को विशेष महत्त्व रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन हो । देवीदेवतामध्ये सबैभन्दा पहिला गणेशको र त्यसपछि कुमारको पूजाआराधना गर्नाले बर्सातको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको प्राडा श्रेष्ठ बताउनुहुन्छ । आजको दिन पानीको मुहान एवं स्रोत सफल गरेर मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात् ‘बारा’ चढाउने र खाने चलन रहेको छ ।

त्यसैगरी, घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ (मुट्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नख को दिन साथै चामलको पीठोबाट बनाइएको विशेष प्रकारको रोटी चटामरी, पापड, गहुँको मालपुवालगायत विभिन्न पकवान खाने गरेको संस्कृतिविद् राजकुमार जोशी बताउनुहुन्छ ।

आज शुद्ध भई भक्तपुरको नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएको परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनाका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उहाँको भनाइ छ । सिठी नखका दिन माटोलाई चोट पुर्‍याउन हुन्न भन्ने मान्यताका साथ आज किसानले खेतबारीमा काम नगर्ने प्रचलन रहेको छ ।

आजको दिन दिगुपूजा (देवाली) को अन्तिम दिन मानिन्छ । आजको दिन काठमाडौँको जैसिदेवलमा सिद्धि कुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यः को पूजा गरिन्छ । त्यस्तै भक्तपुर –५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार