असार ७, २०८३ आइतबार June 21, 2026

४६औँ राष्ट्रिय एथलेटिक्स : च्याम्पियन कीर्तिमान भंग गर्दै आर्मीको स्वर्णिम यात्रा

सीमा, जयरानी र सलिमको कीर्तिमानी प्रदर्शन, आर्मी शीर्षस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । नेपाल एथलेटिक्स संघको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पहिलोपटक आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा चार राष्ट्रिय कीर्तिमानमाथि ‘ब्रेक’ लागेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समग्रमा च्याम्पियन बनेको छ ।

महिला त्रिपल जम्पमा नेपाल पुलिस क्लबकी सीमा चौधरीले १२.४९ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले नेपाल पुलिस क्लबकै केशरी चौधरीले बनाएको १२.२० मिटरको पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।

त्यसैगरी महिला ४०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ५७.१९ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि एपीएफ क्लबकी रमिता थारुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५८.१० सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।

पुरुष लङजम्पतर्फ त्रिभुवन आर्मी क्लबका सलिम देवानले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् । उनले एक वर्षअघि भारतको ओडिसामा बनाएको ७.३२ मिटरको कीर्तिमान तोड्दै यस प्रतियोगितामा ७.५८ मिटर जम्प गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

महिला ४×४०० मिटर रिले दौडमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराई, कृष्णा चौधरी, निल्सा खत्री र संजिता मेचीको टोलीले चार मिनेट २.५० सेकेन्डमा कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमानलाई यसपटक आर्मीकै जयरानी चौधरी, केलेशी चौधरी, सरस्वती थापा र उनीहरूको टोलीले चार मिनेट ००.०२ सेकेन्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान रचेका हुन् ।

२८ इभेन्ट समावेश प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १७ स्वर्ण, १२ रजत र सात कांस्य पदक जित्दै समग्रमा उपाधि आफ्नो नाममा पार्‍यो । नेपाल पुलिस क्लब आठ स्वर्ण, सात रजत र तीन कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो ।

वाग्मती प्रदेशले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्‍यो । आयोजक कर्णाली प्रदेश एक स्वर्ण, एक रजत र एक कांस्य पदकसहित चौथो स्थानमा सीमित रह्यो ।

स्वर्ण पदक जित्न नसकेको एपीएफ क्लबले पाँच रजत र नौ कांस्य पदकसहित पाँचौँ स्थान हासिल गर्‍यो । लुम्बिनी प्रदेश एक रजत र चार कांस्यसहित छैटौँ, कोसी प्रदेश एक रजत र एक कांस्यसहित सातौँ, सुदूरपश्चिम प्रदेश एक रजतसहित आठौँ तथा गण्डकी प्रदेश दुई कांस्य पदकसहित नवौँ स्थानमा रहे ।

प्रतियोगितामा मधेस प्रदेश भने पदकविहीन बनेको छ । कुनै पनि पदक जित्न नसकेको मधेस प्रदेश ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताबाट खाली हात फर्किएको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी जम्मा ३२० खेलाडीले सहभागिता जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
२०८३ असार ७, आइतबार
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
२०८३ असार ७, आइतबार
४६औँ राष्ट्रिय एथलेटिक्स : च्याम्पियन कीर्तिमान भंग गर्दै आर्मीको स्वर्णिम यात्रा
२०८३ असार ७, आइतबार
हास्यकलाकार खेम शर्माको उपचारका क्रममा निधन
२०८३ असार ७, आइतबार
GAT सम्मेलनबाट फर्किएको लायन्स ३२५ के नेपालको टोलीलाई भव्य स्वागत
२०८३ असार ७, आइतबार
रोनाल्डिन्होको पुनरागमनले विश्व फुटबलमा तरंग, राभेन्ना चर्चाको केन्द्रमा
२०८३ असार ७, आइतबार
नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने
२०८३ असार ७, आइतबार