मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फिफा विश्वकप : मेसीको दुई गोलले अष्ट्रिया पराजित, अर्जेन्टिना नकआउट चरणमा

समूह जे अन्तर्गत अर्जेन्टिनाको दुई खेलबाट ६ अंक छ भने अष्ट्रिया ३ अंकका साथ दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा अष्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिना राउन्ड अफ ३२ मा पुगेको हो।

अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान लियोनल मेसीले गरे। उनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका हुन्। उक्त गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाए।

मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याए। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।

३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए।

मेसी यति मै रोकिएनन्। खेल सकिनै लाग्दा इन्जुरी समयमा मेसीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए। योसँगै विश्वकपमा उनको गोल संख्या १८ पुग्यो।

समूह जे अन्तर्गत अर्जेन्टिनाको दुई खेलबाट ६ अंक छ भने अष्ट्रिया ३ अंकका साथ दोस्रो स्थानमा छ। जोर्डन र अल्जेरिया अंकबिहीन छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार