असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् । कोरोनाको कुनै लक्षण नदेखिएपछि उनी नियमित काममा फर्किएका हुन् ।

विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्डको नियम तोड्दै उनी ह्पाईट हाउसको ओभल अफिसमा फर्किएका हुन् ।

ट्रम्पलाई पछिल्लो २४ घण्टा कोरोनाको कुनै पनि लक्षण लक्षण नदेखिएको उनका चिकित्सक सिन कोन्लेले बताएका छन् । गएको शुक्रबार ट्रम्प र उनकी पत्नि मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

 तीन दिनक उपचारपछि उनी सोमबार नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया