असार ११, २०८३ बिहिबार June 25, 2026

विश्वकप २०२६ : ब्राजिल शीर्ष स्थानमा, मोरक्को उपविजेता बन्दै अन्तिम १६ मा

समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाठौँ, ११ असारः ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ ।

समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे । भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए । त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो । यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया