असोज १२, २०८३ सोमबार September 28, 2026

बाल पोषण र शिक्षामा लायन्सको ठूलो लगानी, नेपालमा नयाँ कार्यक्रम सुरु

नेपालका ७० हजार बालबालिकालाई लाभ पुग्ने विद्यालय दिवा खाना कार्यक्रमका लागि अन्तर्राष्ट्रिय साझेदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार १० । नेपालका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण, शिक्षा र स्वास्थ्य सुधार गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (WFP), लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) र वल्र्ड फुड प्रोग्राम बीच एक महत्वपूर्ण रणनीतिक साझेदारी घोषणा गरिएको छ। एक मिलियन अमेरिकी डलर (करिब १३ करोड ५० लाख रुपैयाँ) बराबरको सहयोगमा सञ्चालन हुने यो कार्यक्रमबाट देशभरका करिब ७० हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय दिवा खानालाई थप पौष्टिक, दिगो र स्थानीय उत्पादनमा आधारित बनाउनु हो। यस पहलले बालबालिकालाई स्वस्थ र पोषणयुक्त भोजन उपलब्ध गराउनुका साथै विद्यालयमा नियमित उपस्थिति बढाउने, सिकाइ उपलब्धि सुधार गर्ने तथा स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य लिएको छ।

यस साझेदारीअन्तर्गत विद्यालयहरूमा स्थानीय रूपमा उत्पादन गरिएका कृषि उपज प्रयोग गरी दिवा खाना व्यवस्थापन गरिनेछ। यसले विद्यालय, किसान र स्थानीय सरकारबीचको सहकार्यलाई सुदृढ बनाउँदै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमले विशेषगरी साना तथा सीमान्तकृत किसानलाई उत्पादन वृद्धि र आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

घोषणा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल ले विद्यालय दिवा खाना कार्यक्रम बालबालिकाको शारीरिक तथा मानसिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय उत्पादनमा आधारित दिवा खानाले विद्यार्थीको विद्यालय उपस्थितिदर वृद्धि गर्ने, कक्षाकोठामा ध्यान केन्द्रित गर्न सहयोग पुर्‍याउने र समग्र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। यस्तो कार्यक्रमको निरन्तरता र विस्तारले राष्ट्रिय शिक्षा तथा पोषण नीतिलाई बलियो आधार प्रदान गर्ने उहाँको भनाइ थियो।

त्यसैगरी, विश्व खाद्य कार्यक्रम (WFP) नेपालका देशीय निर्देशक रियाज लोधी ले यस सहकार्यले विद्यालयस्तरमा तत्काल सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्रोत र समुदायको सहभागितामा आधारित दिवा खाना कार्यक्रमले खाद्य सुरक्षाका साथै ग्रामीण विकासमा पनि योगदान पुर्‍याउने बताउनुभयो।

लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) का अध्यक्ष फाब्रिसियो ओलिभेरा ले बालबालिकाको भविष्य निर्माणमा पोषणयुक्त भोजनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले यस कार्यक्रममार्फत स्थानीय किसान, विद्यालय र समुदायलाई सशक्त बनाउँदै हजारौं बालबालिकालाई स्वस्थ र गुणस्तरीय भोजन उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो।

नेपाल सरकारले सञ्चालन गरिरहेको विद्यालय दिवा खाना कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने उद्देश्यले ल्याइएको यो साझेदारीलाई शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समन्वित विकासको नमुना परियोजनाका रूपमा हेरिएको छ। सरोकारवालाहरूका अनुसार यस कार्यक्रमले बालबालिकाको पोषण अवस्था सुधार गर्नुका साथै विद्यालय शिक्षा र स्थानीय कृषि प्रणालीबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार