असार १२, २०८३ शुक्रबार June 26, 2026

विश्वकप : हाइटीलाई ४–२ पराजित गर्दै मोरक्को विजयी

समान अंक भए पनि गोल अन्तरको आधारमा ब्राजिल शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२ को जित दर्ता गरेको हो ।

लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले खेलमा दुई पटक सुरुवाती अग्रता लिँदै मोरक्कोलाई दबाबमा राखेको थियो । विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्ने दाउमा रहेको हाइटीको सपनालाई मोरक्कोका वैकल्पिक खेलाडीले समाप्त पारिदिए ।

खेलको १० औँ मिनेटमै मोरक्कोका गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल भएपछि हाइटीले अप्रत्याशित सुरुवाती अग्रता लिएको थियो । तर, ३९ औँ मिनेटमा स्टार डिफेन्डर अकराफ हाकिमीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । खेलको ४३ औँ मिनेटमा विल्सन इसिडोरले गोल गरेपछि हाइटीले पुनः २–१ को अग्रता बनायो । हानेको केही मिनेटमै अर्थात् पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई फेरि २–२ को बराबरी स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू चम्किए । ७८ औँ मिनेटमा सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३–२ को अग्रता दिलाए भने ८९ औँ मिनेटमा जेसिम यासिनले गोल गरेपछि मोरक्कोले ४–२ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

यो जितसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो । यसै समूहको अर्को खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गरेको ब्राजिल शीर्ष स्थानमा रह्यो ।

३ खेलबाट ७ अंक जोडेको मोरक्को समूहको उपविजेता बनेको हो । समान अंक भए पनि गोल अन्तरको आधारमा ब्राजिल शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार