असार २४, २०८२ मंगलबार July 8, 2025

साहित्य तर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुईसलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उहाँलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।

नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उनी १६औ महिला साहित्यकार हुन् । न्युयोर्कमा जन्मिएकी ग्लुक अहिले ७७ बर्षको भएकी छन् । उनी याले विश्वविद्यालयको संकाय सदस्य पनि हुन् ।

उनलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ ।उनले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाएकी थिइन् ।

यस बर्ष नोवेल पुरस्कार घोषणा गर्नेक्रममा चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम यसअघि नै घोषणा भइसकेको छ ।साहित्य तर्फको नोवेल पुरस्कार गत बर्ष पोल्याण्डका लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवैलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया