असार १५, २०८३ सोमबार June 29, 2026

आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् राशिफल

मकरलाई आज राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ। धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइलेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ। मायाप्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ। राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ। व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):

भौतिक वस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ। आफन्त तथा साथीभाइसँग मनमुटाव सिर्जना हुने योग रहेको छ। व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला। मायाप्रेममा एकअर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउन सक्छ। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ। तर पनि यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):

तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ। एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ। औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ। मायाप्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गप्रतिको आकर्षण बढेर जानेछ। पढाइमा अरूभन्दा एक कदम अघि बढी सफलता हात पार्न सकिनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):

व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ। शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ। न्यायालयमा हुने सुनुवाइ तपाईंकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ। पढाइलेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। तर पनि यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला। आफन्त तथा मावली पक्षबाट असहयोग हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):

अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ। काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ। आफन्त तथा मनपर्ने मानिसबाट उपहार तथा विलासी वस्तु प्राप्तिको योग रहेको छ। सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ। राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारप्रसारमा समय व्यतीत हुनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):

कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन्। काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन्। आफन्त तथा आमासँग टाढिने योग रहेको छ। व्यापारमा लगानी गर्नका लागि केही समय धैर्यधारण गर्नुहोला। तर पनि कृषि, पशुपालन तथा पुर्ख्यौली पेसाबाट मनग्य धन आर्जन गर्न सकिनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ। यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):

आफ्नै मिहिनेतले व्यवसायमा फड्को मार्न सकिनेछ। लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरूको थालनी गर्न सकिनेछ। प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ। अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ। प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ। तर पनि राजनीतिमा जनताको आलोचनात्मक समर्थन पाइने योग रहेको छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):

आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ। शुभ तथा माङ्गलिक समारोहका बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। थोरै बोलेर मनग्य धन आर्जन गर्न सकिनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। प्रेमिजोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यतीत गर्न सक्नेछन्। खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यतीत हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):

प्रविधिको प्रयोग गरी रचनात्मक काम मार्फत मनग्य धन आर्जन गर्न सकिनेछ। नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन्। व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गर्दा नाफा कमाउन सकिनेछ। पढाइलेखाइमा सफलता हात पार्न सकिनेछ। समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):

अरूकै काम गर्दा आफ्नो काम थाँती रहनेछ। पढाइलेखाइमा समय दिन सकिने छैन भने नतिजा अरूतिरै जानेछ। स्वास्थ्यसम्बन्धी समस्या आई औषधि–उपचार खर्च बढेर जानेछ। व्यापार व्यवसायमा मन्दी आउनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यम रहेको छ। तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):

लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन्। परिवारका इच्छा, आकाङ्क्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ। पैतृक धन तथा सञ्चित धनको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ। अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ। प्रेमिजोडीहरूका लागि समय उत्तम रहेको छ। राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ। यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):

व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ। अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्न सकिनेछ। आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ। प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घरपरिवारमा तपाईंको कामदेखि सबै प्रसन्न हुनेछन्। सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमै गरिदिने हुनाले समय र रुपैयाँ–पैसाको बचत हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया