असार १८, २०८३ बिहिबार July 2, 2026

हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

देशका ६३ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो ।

केन्द्रका निर्देशक डा भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने छ र सात वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्रथुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण सुरु गरिएको छ । विद्यार्थीको रगतको नमूना सङ्कलन गर्न ६५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ ।

उचेरेरिया ब्याक्रोफ्टी, ब्रुजिया मलायी र ब्रुजिया टिमोरी हात्तीपाइले  लगाउने परजीवि हुन् । नेपालमा पाइने गरेको हात्तिपाइले रोगका बिरामी उचेरेरिया ब्याक्रोफ्टी नामक परजीवीबाट मात्र सङ्क्रमित भएको पाइएको केन्द्रका निर्देशक डा सापकोटाले जानकारी दिनुभयो ।

“ती जिल्लामा रहेका स्थानीयले छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि हामीले परजीवी छ/छैन अध्ययन गर्दछौँ”, उहाँले भन्नुभयो, “यसपटक पनि हामीले त्यस जिल्लाका औषधि नखाएका बालबालिकामा अध्ययन गर्न थालेका हौँ ।”

सन् २०१९ पछि जन्मेका बालबालिकामा केन्द्रले अध्ययन गर्न थालेको हो । देशका ६३ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित भएको पाइएको छ । निर्देशक डा सापकोटाले आगामी आर्थिक वर्षमा हात्तीपाइलेको जोखिम रहेका अन्य जिल्लामा पनि अध्ययन गरिने जानकारी दिनुभयो । मसिनो धागो आकारको जुकाको परजीवीको सङ्क्रमणको कारण हात्तीपाइले रोग हुने गरेको छ ।

क्यूलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि यी परजीवी शरीरमा प्रवेश गर्ने र मानिसलाई यो रोग लाग्ने चिकित्सको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
२०८३ असार १८, बिहिबार
सरकारको १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य
२०८३ असार १८, बिहिबार
युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु
२०८३ असार १८, बिहिबार
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
२०८३ असार १८, बिहिबार
हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन
२०८३ असार १८, बिहिबार
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
२०८३ असार १८, बिहिबार
एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने
२०८३ असार १८, बिहिबार