असार १८, २०८३ बिहिबार July 2, 2026

क्रोयशियासँग पोर्चुगल आज पहिलाे पटक विश्वकपमा भिडदैँ, हराएकाे थियाे ७ पटक

पोर्चुगलले ७ खेल जितेको छ भने क्रोएसियाले मात्र एक खेलमा जित हासिल गरेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १८ असार। क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लुका मोड्रिचको क्रोएसिया सन् २०२६ को फिफा विश्वकपमा आमनेसामने हुदैँछन्।

विश्वकपको इतिहासमा यी दुई टोली पहिलो पटक एक अर्काविरुद्ध खेल्न लागेका हुन् । यो खेल टोरन्टो स्टेडियममा आज बिहान ४ः४५ बजेवाट सुरु हुनेछ।

पोर्चुगल र क्रोएसियाले  हालसम्म कुल १० खेल खेलिएका छन्, जसमा पोर्चुगल हाबी देखिएको छ। पोर्चुगलले ७ खेल जितेको छ भने क्रोएसियाले मात्र एक खेलमा जित हासिल गरेको छ र दुई खेल बराबरीमा टुंगिएका छन्। फिफा विश्वकपमा भने उनीहरू बीचको यो पहिलो भेट हुनेछ।

पोर्चुगल कुनै पनि खेलमा पराजित नभइ समूह ‘के’ बाट नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमध्ये एक जित र दुई बराबरीसहित टोली समूहमा दोस्रो स्थानमा रहेको थियो । कंगो डीआरविरुद्धको पोर्चुगलको पहिलो खेल १–१ को बराबरीमा सकियो। दोस्रो खेलमा उनीहरूले उज्बेकिस्तानलाई ५–० ले पराजित गरेका थिए, जस खेलमा रोनाल्डोले दुई गोल गरे। कोलम्बिया विरुद्धको टोलीको तेस्रो खेल ०–० को बराबरीमा टुंगिए पछि समुहको उप बिजेता टोली बन्दै ३२ मा सुरक्षित भएको हो ।

उता, क्रोएसियाले समूह ‘एल’ बाट दुई जित र एक हारसहित नकआउट चरणमा स्थान सुरक्षित गरेर आइपुगेको हो । टोली आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग ४–० ले पराजित भएको थियो भने त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै टोलीले आफ्ना बाँकी दुवै खेल जित्यो । जसमा उसले पानामालाई १–० र घानालाई २–१ ले पराजित गरेको थियो ।

पोर्चुगल गोलका लागि आफ्ना दिग्गज स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डोमा निर्भर रहनेछ भने क्रोएसिया  स्टार मिडफिल्डर लुका मोड्रिचको प्रदर्शनको भरमा खेल जित्ने लक्ष्य राख्नेछ।

दुबै टोलीका लागि सम्भावित प्रारम्भिक खेलाडीः

पोर्चुगलः डिओगो कोस्टा, जोआओ क्यान्सेलो, रुबेन डियास, एन्टोनियो सिल्भा, नुनो मेन्डेस, जोआओ पाल्हिन्हा, भिटिन्हा, ब्रुनो फर्नान्डिस, बर्नार्डो सिल्भा, राफा लियो, क्रिस्टियानो रोनाल्डो।

क्रोएशियाः डोमिनिक लिभाकोविच, जोसिप स्टानिसिक, जोसिप सुटालो, मारिन पोन्ग्रासिक, जोस्को ग्वार्डियोल, माटेओ कोभासिक, लुका मोड्रिच, लुका सुचिक, मारियो पासालिक, एन्टे बुडिमिर, आन्द्रेज क्रमारिक।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
२०८३ असार १८, बिहिबार
सरकारको १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य
२०८३ असार १८, बिहिबार
युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु
२०८३ असार १८, बिहिबार
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
२०८३ असार १८, बिहिबार
हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन
२०८३ असार १८, बिहिबार
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
२०८३ असार १८, बिहिबार
एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने
२०८३ असार १८, बिहिबार