काठमाडौं, १९ असार । स्विट्जरल्याण्ड र अल्जेरिया बीच भोली बिहान तेस्रो खेल हुदैँछ । फिफा विश्वकपको यात्रामा स्विटजरल्याण्ड र अल्जेरियाका टोलीहरूबीच यो पहिलो भेट हो ।
यो खेल भ्यान्कुभरको बीसी प्लेसमा नेपाली समयअनुसार शुक्रबार बिहान ८ः४५ बजे सुरु हुनेछ।
हालसम्म स्विट्जरल्यान्ड र अल्जेरियाबीच दुईवटा खेल मात्रै खेलिएका छन्, जसमा स्विट्जरल्यान्डले दुवै खेल जितेको छ। फिफा विश्वकपमा यी टोलीहरूबीच भने यो पहिलो भेट हो ।
स्वीट्जरल्याण्डले समूह ‘बी’ को समुह चरणमा कुनै पनि खेल नहारी नकआउट चरणमा आइपुगेको हो । उसले तीन खेलमध्ये दुई जित र एक बराबरीसहित शीर्ष स्थान हासिल गरेको थियो । जसअनुसार स्वीट्जरल्याण्डले कतारसँग १–१ को बराबरी खेल्यो, त्यसपछि बोस्निया र हर्जगोभिनालाई ४–१ ले पराजित गरेको स्विटजरल्याण्डले अन्तिम खेलमा आयोजक क्यानडालाई २–१ ले हराउन सफल भएको थियो ।
उता, समूह ‘जे’ मा रहेको अल्जेरियाले एउटा मात्रै खेलमा जीत हासिल गरेको थियो, जबकी उसले एउटामा पराजय र अर्को खेलमा बराबरी खेलेको थियो । समूहमा तेस्रो स्थान हासिल गर्दै उनीहरू नकआउट चरणमा प्रवेश गरेको। अल्जेरियाले आफ्नो पहिलो खेल ०–३ ले गुमायो। त्यसपछि टोलीले पुनरागमन गर्दै जोर्डनलाई २–१ ले पराजित गर्यो। अस्ट्रियाविरुद्धको उनीहरूको अन्तिम खेल ३–३ को बराबरीमा टुंगाउन सफल भए पछि ३२ मा सुरक्षित हुन पुगेको हो ।
स्विट्जरल्याण्डले उत्कृष्ट लयमा रहेका युवा फरवार्ड जोहान मानजाम्बीबाट गोलको अपेक्षा गर्नेछ किनपनि भने यस विश्वकपमा उनले तीन गोल गरिसकेका छन्। अर्कोतर्फ, अल्जेरिया आफ्ना अनुभवी विंगर रियाद महरेजमा निर्भर रहनेछ।
दुवै टोलीका सम्भावित सुरुवाती ११ खेलाडीहरूः
स्विट्जरल्याण्डः ग्रेगोर कोबेल, जाक्रेज, निको एल्भेडी, म्यानुएल अकान्जी, रिकार्डो रोड्रिगेज, रेमो फ्रुलर, ग्रानिट जाका, जिब्रिल सो, जोहान मानजाम्बी, रुबेन भार्गास, ब्रिल एम्बोलो।
अल्जेरियाः ओसामा बेनबोट, रफिक गिताने, आइसा मंडी, रामी बेन्सेबैनी, जाउएन हदजाम, फारेस चाइबी, नबिल बेन्तालेब, रियाद महरेज, इब्राहिम माजा, होसेम अउर, अमिने गौरी।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया