असोज ९, २०८३ शुक्रबार September 25, 2026

विश्वकप चलिरहदाँ मोरोक्कन स्टार इस्माइल साइबारी ८ सय ६७ करोडमा बिक्री

मोरक्कोलाई विश्वकपको राउन्ड अफ १६ सम्म पुर्‍याउन साइबारीको महत्त्वपूर्ण भूमिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १९ असार । सन् २०२६ को फिफा विश्वकपको ज्वरोले सारा विश्वलाई छोपिरहेकै बेला जर्मन फुटबलको सबैभन्दा ठूलो टोली बायर्न म्युनिखले प्रतियोगिता चलिरहेकै समयमा खेलाडी सरुवाको एक निकै ठूलो र महत्वपूर्ण सफलता हात पारेको छ।

बायर्न म्युनिखले हाल प्रसिद्ध डच क्लब पीएसभी आइनहोभनबाट खेलिरहेका २५ वर्षीय मोरक्कन स्टार अट्याकिङ मिडफिल्डर इस्माइल साइबारीलाई आधिकारिक रूपमा अनुबन्ध गरेको छ। उदाउँदा युवा खेलाडीको प्रतिभालाई पहिचान गर्दै बायर्न म्युनिखले उनलाई सन् २०३१ सम्म चल्ने गरी दीर्घकालीन सम्झौतामा आबद्ध गरेको हो।

यस सम्झौतामा समावेश ट्रान्सफर शुल्कले पनि फुटबल जगतमा निकै चर्चा बटुलिरहेको छ। विभिन्न रिपोर्टका अनुसार विश्वकप चलिरहेकै बेला यो ठूलो सम्झौता टुंग्याउन बायर्न म्युनिखले करिब ५ करोड युरो अर्थात झन्डै ८६७ करोड नेपाली रुपैयाँ बराबरको ठूलो रकम ट्रान्सफर शुल्कबापत तिरेको थियो।

वास्तवमा यो सरुवा विगत केही सातादेखि नै चर्चाको विषय बनेको थियो, भित्री स्रोतहरूका अनुसार प्रतियोगिताका क्रममा न्यु जर्सीमा मोरक्कोको टोलीले प्रशिक्षण गरिरहँदा साइबारीले सरुवाका लागि आवश्यक मेडिकल परीक्षण गराउन एउटा प्रशिक्षण सत्र छोडेका थिए, जसले गर्दा उनले समयमै ती जर्मन दिग्गज क्लबसँगको सम्झौता टुंग्याउन सकेका हुन् ।

सन् २०२६ को फिफा विश्वकपमा आफ्नो राष्ट्रिय टोली मोरक्कोका लागि इस्माएल साइबारीले प्रदर्शन गरेको उत्कृष्ट खेलकै कारण विश्वका ठूला क्लबहरू मध्ये एकले उनीमाथि यति ठूलो दाउ लगाएको हो। मोरक्कोलाई विश्वकपको राउन्ड अफ १६ सम्म पुर्‍याउन साइबारीले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

प्रतियोगिताको समूह चरणमा उनले मोरक्कोका तीन खेलहरूमा लगातार ३ उत्कृष्ट गोल गरेका थिए। यसका साथै गत सोमबार पनि नेदरल्यान्ड्स जस्तो बलियो टोलीविरुद्धको उच्च दबाबपूर्ण राउन्ड अफ ३२ नकआउट खेलमा, जुन पेनाल्टी सुटआउटसम्म पुगेको थियो, साइबारीले नै शान्तपूर्वक अन्तिम तथा निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै मोरक्कोका लागि ऐतिहासिक जित सुनिश्चित गरेका थिए ।

जसका कारण पनि जर्मन कम्पनिले बायर्न म्युनिखले उनलाई ५ बर्षका लागि यति धेरै रकम उपलब्ध गराएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार