असार १९, २०८३ शुक्रबार July 3, 2026

रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बाढीपहिरोबाट पीडित निजी आवास पुनर्निर्माण र प्रबलीकरणलाई थप जोड दिँदै रु ६० लाख रकम विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक, १९ असारः यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।

गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि रु ६९ लाख प्रस्तावित बजेट पारित गरिएको छ । सङ्घीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीका लागिमात्रै दिवाखाजा उपलब्ध गराउँदै आएको छ ।

यस्तै सङ्घीय सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ताका साथै निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्दै आएकामा रोशी गाउँपालिकाले थप ५० प्रतिशत सुविधा उपलब्ध गराएको हो ।

त्यसैगरी, गाउँपालिकाले नीति तथा कार्यक्रममा तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा र बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य–पानी लेकजस्ता क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न कार्यविधि बनाई समिति गठन गर्दै ती क्षेत्रमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याइने र पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भगिनी सम्बन्ध विस्तार गर्न पहलसमेत गरिने नीति लिइएको छ ।

अधिवेशनमा आउँदो आबका लागि प्रस्तुत कुल रु ७२ करोड ९९ लाख ४२ हजारबराबरको आयव्ययको अनुमान (बजेट) पारित गरिसकेको छ । उक्त बजेटमा अन्तरिम मौज्दातसमेत गरी आन्तरिक स्रोतबाट रु पाँच करोड ८३ लाख ६५ हजार सङ्कलन हुने अनुमानसमेत गरेको छ ।

यस्तै, राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्वबाट रु तीन करोड ३० लाख, सङ्घीय राजस्वबाट रु नौ करोड ८६ लाख ८९ हजार र प्रदेश राजस्वबाट रु चार करोड पाँच लाख ३१ हजार प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय सरकार समानीकरण रु १० करोड ४३ लाख, सङ्घीय सशर्त अनुदान रु ३३ करोड २३ लाख, सङ्घीय समपूरक अनुदान रु ३० लाख, सङ्घीय विशेष अनुदान रु ७६ लाख, प्रदेश सरकार समानीकरण रु ९१ लाख ५९ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु एक करोड २७ लाख ९८ हजार, प्रदेश सरकारको समपूरक अनुदान रु दुई करोड ४५ लाख र प्रदेश विशेष अनुदान रु ५५ लाख हुने अनुमान गरिएको छ ।

यसैबीच, गाउँपालिकाले बाढीपहिरोबाट पीडित निजी आवास पुनर्निर्माण र प्रबलीकरणलाई थप जोड दिँदै रु ६० लाख रकम विनियोजन गरेको छ । विगत तथा हुनसक्ने प्राकृतिक विपद् र बाढीपहिरोले पुर्याएको क्षतिको व्यवस्थापन गर्दै पालिकालाई समृद्ध बनाउने सङ्कल्प गाउँपालिकाले लिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
२०८३ असार १९, शुक्रबार
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
२०८३ असार १९, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १९, शुक्रबार
सय दिनमै सरकारमाथि विपक्षीको प्रहार
२०८३ असार १९, शुक्रबार
११ जिल्लामा बर्डफ्लु नियन्त्रण अभियान, संक्रमित पन्छी बिक्रीमा कडा निगरानी
२०८३ असार १९, शुक्रबार
विश्वकप : क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा
२०८३ असार १९, शुक्रबार
कांग्रेस विवाद: संस्थापनले नकुर्ने इतरले नटेर्ने
२०८३ असार १९, शुक्रबार