असोज ९, २०८३ शुक्रबार September 25, 2026

विश्वकप २०२६ : स्पेन र स्विट्जरल्यान्डको सहज जित

स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बिया अथवा घानामध्ये एकविरुद्ध खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लस एन्जल्स, असार २० गते । मिकेल ओयरजाबालले दुई र पेड्रो पोरोले एक गोल गरेपछि स्पेन शुक्रबार अस्ट्रियालाई सहजै ३–० ले हराएर विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा पुगेको छ । स्पेनको अपराजित यात्रा ३५ खेल पुगेको छ । यसै गरी स्विट्जरल्यान्डले पनि अल्जेरियालाई सजिलै २–० ले पराजित गरी प्रिक्वाटरफाइनलमा स्थान बनायो ।

खेल अवधिभर अस्ट्रियालाई दबाबमा राखेको युरोपेली च्याम्पियन स्पेनको जित अझ फराकिलो हुन सक्थ्यो । स्पेनले गरेको एक गोल अमान्य भयो भने फ्रिकिकमा भएको एक प्रहारमा गोलपोस्ट बाधक बनेको थियो । खेलको सुरुवातमै लामिने यमालको कर्नरमा मार्क कुकुरेलाले गोल गर्नुभएको थियो तर पाउ कुबार्सीले अस्ट्रियाका गोलरक्षक अजेक्ज्यान्दर स्लागरलाई बाधा पु¥याएको भन्दै उक्त गोललाई मान्यता दिइएन ।

खेलको ३६ औँ मिनेटमा स्पेनले अस्ट्रियाको डिफेन्स तोड्यो । कुकुरेलाको क्रसमा ओयरजाबलले गोल गरी स्पेनलाई अगाडि पार्नुभएको हो । त्यसपछि पनि स्पेनले लगातार आक्रमण गरेको थियो । विशेषतः मैदानको बायाँ भागबाट लगातार विपक्षीको गोलपोस्टमा आफ्ना साथी खेलाडीलाई बल उपलब्ध गराउने यमाल अस्ट्रियाको डिफेन्सको टाउको दुःखाइ बनेको थियो । सोही शृङ्खलाबद्ध आक्रमणकै क्रममा आलेक्स बाएनाले फ्रिकिकमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्कियो । त्यसपछि यमालले ‘रिबान्ड’ मा गरेको प्रहार स्लागरले विफल पार्नुभयो ।

खेलको ६६ औँ मिनेटमा पेड्रोको गोलबाट स्पेनले अग्रता दोब्बर पा¥यो । बायनेको क्रसमा पेड्रोले हेड गोल गर्नुभएको हो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा कुकुरेला र ओयरजाबलको सहकार्यमै स्पेनलाई तेस्रो गोल प्राप्त भयो । कुकुरेलाको क्रसमा डिबक्समा बिनानिगरानीमा रहेका ओयरजाबलले आफ्नो दोस्रो र टिमको तेस्रो गोल गर्नुभएको हो । यस विश्वकपमा ओयरजाबलले कुल चार गोल गर्नुभएको छ । स्पेनका प्रशिक्षक लुइस डिला फुएन्टेले आफ्नो टिमले पहिलो पटक आफ्नो छवि अनुसार खेलेको बताउनुभयो । सन् २०१० को विश्व विजेता स्पेनलाई यसपालि पनि उपाधि दाबेदार मानिएको छ तर स्पेनले समूह चरणका तिनै खेलमा अपेक्षा अनुरूप प्रदर्शन गर्न सकेको थिएन ।

यसै गरी भानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले नकआउट चरणमा हार्ने नियतिलाई तोड्नुभयो । सन् १९३८ मा फ्रान्समा भएको विश्वकपपछि स्विट्जरल्यान्डले पहिलो पटक नकआउट खेल जितेको हो । लगातार छैटौँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चार पटक नकआउटमा पुगे पनि अन्तिम १६ भन्दा माथि उठ्न सकेको छैन । सन् २००६, २०१४, २०१८ र २०२२ मा स्विट्जरल्यान्ड अन्तिम १६ बाट बिदा भएको थियो । सन् २०१० मा भने स्विट्जरल्यान्डको चुनौती समूह चरणमै समाप्त भएको थियो । स्विट्जरल्यान्डका लागि खेलको १० औँ मिनेटमै ब्रिल इम्बोलोले पहिलो गोल गर्नुभयो । जोहान मान्जाम्बीले बायाँ भागबाट बनाएको ‘सोलो रन’ पछि मिलाइदिएको पासमा इम्बोलोले सफलता पाउनुभएको हो । मध्यान्तरपछि खेल सुरु भएको एक मिनेटपछि नै डान एन्डोएले स्विट्जरल्यान्डको अग्रता दोब्बर पार्नुभयो । अल्जेरियाका डिफेन्डर रफिक बेलघालीको गल्तीमा एन्डोएले मौकाको फाइदा उठाउनुभएको हो । स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बिया अथवा घानामध्ये एकविरुद्ध खेल्ने छ । एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार