असोज ९, २०८३ शुक्रबार September 25, 2026

विश्वकप : अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश

केप भर्डेसँगको रोमाञ्चक भिडन्त जित्दै अर्जेन्टिना प्रिक्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप(२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा शनिवार बिहान सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३-२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
खेलको निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरे । त्यसपपछि थप गरिएको अतिरित्त समयको ११औँ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए । तर खेलको १११औँ मिनेटमा केप भर्डेका खेलाडी डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार