असार २१, २०८३ आइतबार July 5, 2026

आज आइतबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल

तुलालाई आज व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । काम वा अध्ययनबाट विश्राम पाइनेछ । मनोरञ्जन, यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीतिक तथा सामाजिक कार्यक्रम सहभागी हुने वा आफ्ना भनाई राख्ने अवसर प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भए पनि तपाईँकै कारणले टरेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सक्नेछन् । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । राजनीति तथा सामाजिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । काम वा अध्ययनलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । पत्रकार तथा राजनीतिकर्मीको लागी  समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शङ्का उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि भने कृषि, पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडराई अगाडी बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
२०८३ असार २१, आइतबार
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असार २१, आइतबार
‘सरकारले निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिरहेको छ’ : सभापति थापा
२०८३ असार २१, आइतबार
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल
२०८३ असार २१, आइतबार
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन
२०८३ असार २१, आइतबार
डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
२०८३ असार २१, आइतबार
मालदह आँपको मूल्य बढ्यो
२०८३ असार २१, आइतबार