मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले खोप तालिकामा उल्लेखित सम्पूर्ण खोप समयमै प्राप्त गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टक्सार (भोजपुर), २० असार : भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दुई नगरपालिका र सात वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति भोजपुरका कार्यवाहक प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष अनिशा खड्काले जिल्लालाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेल, नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाहरूका सहभागितामा भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले खोप तालिकामा उल्लेखित सम्पूर्ण खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताउनुभयो ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको अवधारणाले लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोपको पहुँचमा ल्याउने भएकाले आगामी दिनमा उक्त उपलब्धिलाई निरन्तर कायम राख्ने लक्ष्य लिएको स्वास्थ्यकर्मीको प्रतिवबद्धता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Tourists Depart Sagarmatha Region as Winter Chill Intensifies
२०८३ मंग्सिर ६, आइतबार
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
२०८३ मंग्सिर ६, आइतबार
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार