असार २१, २०८३ आइतबार July 5, 2026

महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने

इङल्याण्ड र अस्ट्रेलिया लर्ड्स मैदानमा फाइनल खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड भिड्ने भएका छन् ।

फाइनल खेल आज राति ८: १५ बजेदेखि आयोजक इङल्याण्ड र अस्ट्रेलिया लर्ड्स मैदानमा आमने सामने हुने भएका हुन् ।

सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यसैगरी इङल्याण्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

महिला टी- २० विश्वकपमा अस्ट्रेलिया आठौ पटक फाइनल खेल्दैछ । अस्ट्रेलियाले यसअघि ६ पटक २०१०, २०१२, २०१४, २०१८, २०२०, २०२३ मा उपाधि जितेको थियो भने २०१६ मा उपविजेता बनेको थियो ।

त्यस्तै इङल्याण्डले २००९ मा उपाधि जितेको थियो भने २०१२, २०१४ र २०१८ मा उपविजेता बनेको थियो । त्यस्तै २०२४ मा न्यूजील्याण्ड र २०१६ मा वेस्ट इन्डिजले विश्वकप जितेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानको ९२ प्रतिशत रकम भुक्तानी गरिएको सरकारको दाबि
२०८३ असार २१, आइतबार
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
२०८३ असार २१, आइतबार
प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै
२०८३ असार २१, आइतबार
महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने
२०८३ असार २१, आइतबार
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ असार २१, आइतबार
सुदूरपश्चिमको बजेट : निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
२०८३ असार २१, आइतबार
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ असार २१, आइतबार