मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

महानगरपालिकाभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । काठमाडौँ महानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

महानगरले काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका हुन् । समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान प्रदान गरिएको थियो ।  त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताइन् ।

पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको थियो ।

घरधुरी सर्वेक्षणबाट शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि खोप सुनिश्चित भएको महानगरले जानकारी दिएको हो ।

काठमाडौँ महानगरपालिकाभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा छन् । यसमध्ये घरधुरी सर्वेक्षणमा २० हजार ५१ जना बालबालिकासँग सम्पर्क भएको थियो ।

घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्मका ३५ हजार ३३२ जना बालबालिका लक्षित समूहमा थिए । यस समूहमा ४ हजार ८ सय बालबालिका भेट्टाइए । यीमध्ये ३ जनामा शुन्य डोज खोप थियो भने १६ जनाले आंशिक खोप लगाएका थिए ।

१६ महिनादेखि २३ महिनासम्मका ९ हजार १०७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणका क्रममा ३ हजार ८६८ जना बालबालिका भेटिए । जसमा १ जनामा शून्य डोज थियो । ५० जनामा आंशिक डोज थियो ।  २४ महिनादेखि ५ वर्षसम्मका ४४ हजार ६१७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणमा ११ हजार ३८३ जना बालबालिका भेटिए । यसमा २ जनामा शून्य डोज र ८३ जनामा आंशिक डोज थियो । यसरी भेट्टाइएका बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो ।

२०८३ असार ३ गतेदेखि ६ गतेसम्म वडाहरुको भेरिफिकेसन गरियो । सबै वडा भेरिफिकेसन भएपछि महानगर खोप समन्वय समितिले असार ११ गते पूर्ण खोप घोषणाका लागि शिफारिस जिल्ला खोप समन्वय समितिलाई शिफारिस पठायो  । जिल्ला समन्वय समितिबाट असार १५ गते महानगरपालिका पूर्ण खोप भेरिफिकेसन भयो । यसपछि काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको हो ।  असार १७ गते जिल्ला खोप समन्वय समितिले काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप घोषणा, दिगोपना प्रमाणीकरण तथा महानगर पूर्ण खोप घोषणा सभा आयोजना गर्न अनुरोध गर्‍यो । यसका आधारमा असार १९ गते ‘काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा सभा’ आयोजना गरिएको हो ।

भीमसेन थापाको पालामा काठमाडौँ उपत्यका र काभ्रेमा फैलिएको विफरको महामारी रोक्न खोप लगाएपछि विफर नियन्त्रण थियो । यसपछि जनताले खोप लगाएपछि महामारीबाट बच्न सकिन्छ भन्ने विश्वाश बढेको हो । त्यसपछि संक्रामक समस्या घटाउन र प्रतिरोधात्मक क्षमता बढाउन खोप कार्यक्रम सञ्चालनले नियन्तरता पाएको हो । क्रमशः खोप सेवा स्थानीय सरकारबाट प्रभावकारी रुपमा सञ्चालन भएको गौत्तमको भनाइ छ । नेपालमा २०३४ सालदेखि विस्तारित खोप कार्यक्रम सुरु भएको बताइन्छ  ।

काठमाडौँलाई पहिलो पटक २०७४ साल पुस महिनामा पूर्ण खोप घोषणा गरिएको हो । खोपको दिगोपनालाई कायम राख्न यसपटक खोप सुनिश्चित घोषणा गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Tourists Depart Sagarmatha Region as Winter Chill Intensifies
२०८३ मंग्सिर ६, आइतबार
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
२०८३ मंग्सिर ६, आइतबार
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार