असार २२, २०८३ सोमबार July 6, 2026

फिफा विश्वकप : मेक्सिकोलाई ३–२ ले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिमतिर ३ गोल भएको थियो। ३६ औं र ३८ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए।

४२ औं मिनेटमा युलियन क्विन्योनेसले गोल गर्दै घरेलु टोली मेक्सिकोलाई १–२ को स्थितीमा ल्याए।

५४ औं मिनेटमा जारेल क्वान्साले रातो कार्ड खाँदै बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो। ६० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ ले अघि बढाए।

लगत्तै ६९ औं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई २–३ को अवस्थामा ल्याए।

त्यसपछि दुवै टीमले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् र अन्ततः इंग्ल्यान्ड विजयी बन्यो। अब इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ भने सह–आयोजक मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२०८३ असार २२, सोमबार
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
२०८३ असार २२, सोमबार
संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी
२०८३ असार २२, सोमबार