मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलद्धारा नियुक्ति पत्र प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

सो निर्णयसँगै नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेका छन् ।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी स्वतः पदमुक्त भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Tourists Depart Sagarmatha Region as Winter Chill Intensifies
२०८३ मंग्सिर ६, आइतबार
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
२०८३ मंग्सिर ६, आइतबार
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार