भाद्र १०, २०८३ बुधबार August 26, 2026

साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने कांग्रेस संस्थापनइतरको निर्णय

संस्थापनइतर समूहले राष्ट्रिय भेलामार्फत पार्टीभित्रका साझा धारणा निर्माण, कार्यकर्तालाई एकताबद्ध बनाउने त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालय मा बसेको समूहको बैठकले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्दै राष्ट्रिय भेला गर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्मा ले बीपी स्मृति दिवस को अवसर पारेर साउन ६ गते राष्ट्रिय भेला आयोजना गर्ने सैद्धान्तिक सहमति भएको जानकारी दिए। उनले मौसम तथा अन्य व्यवस्थापकीय अवस्था हेरेर मिति केही तलमाथि हुन सक्ने भए पनि साउनभित्रै भेला सम्पन्न गर्ने सहमति भएको बताए।

विश्वकर्माका अनुसार बैठकमा १९ जना नेताहरूले धारणा राखेका थिए। अधिकांश नेताहरूले पार्टीभित्र देखिएको गुटगत दूरी अन्त्य गर्दै पार्टीको एकता, आपसी विश्वास र संगठनलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। आगामी महाधिवेशन, संगठन विस्तार र बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे पनि बैठकमा व्यापक छलफल भएको उनले बताए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, विपक्षी दलको भूमिका तथा कांग्रेसले जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत हुन अपनाउनुपर्ने रणनीतिबारे पनि विचार आदानप्रदान भएको जनाइएको छ।

संस्थापनइतर समूहले राष्ट्रिय भेलामार्फत पार्टीभित्रका साझा धारणा निर्माण, कार्यकर्तालाई एकताबद्ध बनाउने तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको जनाएको छ। उक्त भेलामा देशभरबाट संस्थापनइतर पक्षका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज बुधबार : कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र १०, बुधबार
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने
२०८३ भाद्र १०, बुधबार
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार