काठमाण्डाैंः लेबनानाको राजधानी बेरुतमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । उक्त विष्फोटमा परि अन्य २० जना घाइते भएका छन् ।
तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि बिस्फोट भएको बताइएको छ । साँघुरो सडकमा भएको बिस्फोट लगत्तै आगोको मुस्लो फैलिएको बताइएको छ ।
बिस्फोटका आवाजले नजिकै रहेका घरका झ्यालका सिसाहरु समेत फुटेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत अगस्तमा बन्दरगाह क्षेत्रमा आणविक प्रशोधन केन्द्रमा विस्फोट हुँदा दुईसय भन्दा बढीको मृत्यु भएको थियो । एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया