असार २८, २०८३ आइतबार July 12, 2026

जर्मन फुटबलका नयाँ प्रशिक्षकमा योर्गेन क्लोप नियुक्त हुने पक्का

सम्भावित सम्झौताका मुख्य बुँदाहरूमा सहमति जुट्यो, वार्ता अर्को साता पनि जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, २८ असार । जर्मनीको पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा योर्गेन क्लोप आउने भएका छन ।

लिभरपूलका पूर्व प्रशिक्षकले न्युयोर्कमा जर्मन फुटबल संघका उच्च अधिकारीहरूसँग भेटघाट गरे पछि जर्मन टिमको मुख्य प्रशिक्षक बन्न सैदान्तिक सहमति जनाएका हुन् ।

संघले अर्को साता थप वार्ताको योजना रहेको र जनवरी २०२५ देखि ‘रेड बुल’मा ग्लोबल फुटबल प्रमुखका रूपमा कार्यरत क्लोपसँगको सम्झौता अझै टुंगिन बाँकी रहेको छ । यद्दपी, अब क्लोपले जुलियन नागेल्सम्यानको स्थान लिने बिषय समयको कुरा मात्र रहेको छ । यसअघिका जर्मनका प्रशिक्षक नागेल्सम्यानले टोली विश्वकपबाट चाँडै बाहिरिए पछि राजीनामा दिएका थिए।

संघका अध्यक्ष बर्न्ड न्युएन्डोर्फ र उपाध्यक्ष हान्स जो आचिम वात्ज्केले राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा सम्भावित नियुक्तिका विषयमा न्युयोर्कमा योर्गेन क्लोपसँग पहिलो चरणको विस्तृत वार्ता गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

‘सकारात्मक छलफलका क्रममा सम्भावित सम्झौताका मुख्य बुँदाहरूमा सहमति जुट्यो, वार्ता अर्को साता पनि जारी रहनेछ,’ उनले भनेका छन, ‘दुवै पक्ष विश्वस्त छन् क क्लोपको हालको रोजगारदाता ‘रेड बुल’सँगको सम्झौताको अधिनमा रहेर नै वार्ता अन्ततः सफलतापूर्वक टुंगिनेछ।’

सन् २०२४ को गर्मीमा लिभरपूलमा आफ्नो ९ वर्षे कार्यकाल समाप्त गरे यता क्लोपले गर्ने यो पहिलो प्रशिक्षण कार्य र अन्तर्राष्ट्रिय फुटबलमा उनको पहिलो जिम्मेवारी हुनेछ, जसमा उनी चार वर्षे सम्झौताका लागि सहमत हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मन फुटबलका नयाँ प्रशिक्षकमा योर्गेन क्लोप नियुक्त हुने पक्का
२०८३ असार २८, आइतबार
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
२०८३ असार २८, आइतबार
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
२०८३ असार २८, आइतबार
परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न मुख्यमन्त्री आचार्यको आग्रह
२०८३ असार २८, आइतबार
बलपूर्वक हटाइएका सुकुम्वासी फेरि विस्थापित, बाढीपछि भक्तपुरमा स्थानान्तरण
२०८३ असार २८, आइतबार
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
२०८३ असार २८, आइतबार
हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी
२०८३ असार २८, आइतबार