श्रावण ३१, २०८३ आइतबार August 16, 2026

भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय

नयाँ पुस्तामा मातृभाषा बोल्ने र लिपी लेख्ने संस्कार कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । नेपालका मौलिक भाषा, लिपि र संस्कृतिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँमा पुस्तान्तरणमार्फत तमु (गुरुङ) भाषा र संस्कृति जोगाउन पहल थालिएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौर, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नै आन्तरिक स्रोतसाधन परिचालन गरी सातदिने ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम’ सञ्चालनमा ल्याएको हो । आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बद्र्धन एवं विकास समिति’को आयोजनामा सञ्चालन गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्रशिक्षणपछि आ–आफ्ना पालिका तथा समुदायमा पुगेर तमु भाषा र लिपिको प्रशिक्षण अभियान सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्न र भाषालाई जीवन्त राख्न यो तालिम कोशेढुङ्गा सावित हुने अपेक्षा लिइएको समितिका संयोजक ठाकुर बहादुर दरैले बताए। शनिबारदेखि क्याम्पसको तालिम कक्षमा सुरु भएको उक्त तालिमलाई भाषा र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट सुरु गरिएकाले महत्वका साथ हेरिएको छ ।

यसबाट भाषा संरक्षणको प्रयास सीमित वर्गमा नभई समुदायस्तरसम्म विस्तार हुने अपेक्षा गरिएको छ । सो अवसरमा उनले नयाँ पुस्तामा मातृभाषा बोल्ने र लिपी लेख्ने संस्कार कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भाषा हराए समुदायको पहिचान नै मेटिने बताए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्नु सामुदायिक क्याम्पसको सामाजिक दायित्व भएको बताए। क्याम्पसले गत वर्ष मगर भाषाको संरक्षणका कार्यक्रम सञ्चालन गरेको र यसवर्ष गुरुङ भाषा तथा संस्कृतिको प्रवद्र्धनमा केन्द्रित भएको उनले जानकारी दिए।

कार्यक्रममा सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष श्रीराम कार्कीलगायतले भाषा संरक्षणका अभियानमा समुदायको साझा सहभागिता आवश्यक रहेको धारणा राखेका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार