मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित

प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, ३० असारः गण्डकी प्रदेशका ११ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रुपमा दर्ज भएका छन् । पछिल्लो पटक यही असार २५ गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो । जन्मदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ ।

पहिलो पटक २०७५ सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

जन्मदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनुभयो ।

कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनु नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने गरिएको छ ।

खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन् । मातृ तथा नवशिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पुर्याइरहेको खोप अधिकृत लम्सालको भनाइ छ । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Tourists Depart Sagarmatha Region as Winter Chill Intensifies
२०८३ मंग्सिर ६, आइतबार
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
२०८३ मंग्सिर ६, आइतबार
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार