काठमाडौं, १ साउन । विश्वकपको इतिहासमा सर्बाधिक उपाधी जित्ने मुलुकमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल रहेको सबैलाई थाहा नै छ।
महान खेलाडी पेले, रोनाल्डो, रोनाल्डिनो देखी नेयमारसम्म आइपुग्दा ब्राजिलले सर्बाधिक ५ पटक बिश्वकप बिजेता बनाएर आफ्नो इतिहास सुनौलो अक्षरले लेखिसकेको छ।
तर, तपाई थाहा नहुन सक्छ कि फाइनलमा पुग्ने सबैभन्दा बढी जर्मनी थियो भनेर हो, जर्मनी सबैभन्दा बढी फाइनलमा पुगेको देश हो, जर्मनी ८ पटक फाइनलमा पुगे पनि जम्मा ४ पटक मात्रै उसले विश्वकपको उपाधी जितेको छ भने ४ पटक उ उपबिजेता बनेर चित्त बुझाउन बिवश भएको छ।
ब्राजिल र अर्जेन्टिना समान ७-७ पटक फाइनलमा पुगे पनि ब्राजिल दुई पटक मात्रै पराजय भएको छ भने अर्जेन्टिना ४ पटक उपबिजेता भएर बस्न बाध्य भएको थियो ।
उरूग्वे र इग्ल्यान्ड मात्रै यस्ता भाग्यमानी टिम हुन, जसले फाइनलमा पुगे पछि उपाधी जितेरै फर्केका छन् । उरूग्वे दुई पटक पुग्दा दुई उपाधी जितेको छ भने इंग्ल्याण्ड एक पटक पुगेको थियो, जुन टिमले पनि विश्वकपको उपाधी जितेको थियाे भने स्पेनले पनि फाइनलमा पुगे पछि उपाधी लिएरै फर्केको छ तर दोस्रो पटक अर्थात याे पटक फाइनलमा पुगेको स्पेनले यो पटक उपाधी लैजान्छ कि लैजान्न ? त्यो भने हेर्न बाँकी रहेको छ ।
आजसम्म एसियाली र अफ्रिकन मुलुक भने फाइनलमा पुग्न सकेका छैनन, फाइनलमा पुग्नेमा दक्षिण अमेरिकी राष्ट्र र युरोपका देशहरू सबैभन्दा बढी रहेका छन् । फाइनलमा पुगेर पनि उपाधी नजित्ने राष्ट्रमा चेकाेस्लाभिया, हंगेरी र नेदरल्याण्ड, स्विडेन र क्राेयशिया हुन् ।
उसो भए, जानौं सहभागिताका आधारमा फिफा विश्वकपका फाइनल (सन् १९३०-२०२६)मा आजसम्म कुन कुन टिम पुगेका रहेछन त जानकारी लिऊँ ।
सबैभन्दा बढी पटक फाइनल पुगेका टोलीहरूः
जर्मनीः ८ पटक (१९५४, १९६६, १९७४, १९८२, १९८६, १९९०, २००२, २०१४)
अर्जेन्टिनाः ७ पटक (१९३०, १९७८, १९८६, १९९०, २०१४, २०२२, २०२६)
ब्राजिलः ७ पटक (१९५०, १९५८, १९६२, १९७०, १९९४, १९९८, २००२)
इटालीः ६ पटक (१९३४, १९३८, १९७०, १९८२, १९९४, २००६)
फ्रान्सः ४ पटक (१९९८, २००६, २०१८, २०२२)
नेदरल्यान्ड्सः ३ (१९७४, १९७८, २०१०)
उरुग्वेः २ पटक (१९३०, १९५०)
चेकोस्लोभाकियाः २ पटक (१९३४, १९६२)
हंगेरीः २ पटक (१९३८, १९५४)
स्पेनः २ (२०१०, २०२६)
इङ्गल्याण्डः १ पटक (१९६६)
स्वीडेनः १ पटक (१९५८)
क्रोएसियाः १ (२०१८)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया