असोज २१, २०८३ बुधबार October 7, 2026

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

अवैध सामान ओसारपसारमा संलग्न २९ सवारीसाधन र सात जनालाई नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा), ३ साउनः जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन् ।

त्यसैगरी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत्ताकपडा, रु ५२ लाख २४ हजार ५०० बराबरका किराना सामान, रु ८९ लाख ८७ हजार ४० बराबरका बिडी, रु १२ लाख ६५ हजार ५०० बराबरका सुर्तीजन्य पदार्थ, रु २१ लाख ५७ हजार ९३० बराबरका विद्युतीय पार्टस्, रु तीन लाख २४ हजार ८० बराबरका कस्मेटिक सामग्री तथा रु एक करोड १४ लाख ७३ हजार ५६४ बराबरका अन्य विभिन्न अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको सूचना अधिकारी अवाले बताउनुभयो ।

अवैध सामान ओसारपसारमा संलग्न २९ सवारीसाधन र सात जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार