श्रावण ५, २०८३ मंगलबार July 21, 2026

विश्वको सबैभन्दा धनी फुटबल टोली फ्रान्स, सातौंमा अर्जेन्टिना

तेस्रो स्थानमा स्पेनको १ हजार ४२० अमेरिकी डलर मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ४ असार । स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधी जितेसँगै यो बर्षको खेलकुद महाउत्सव सकिएको छ ।

तर, स्पेनले खेलमा जीत हासिल गरे पनि यो विश्वकपमा सर्बाधिक धनी टिम भने होइन, यो विश्वकप पछि सबैभन्दा धनी टिम फ्रान्स रहेको छ ।

याहु स्पोर्टसका अनुसार फ्रान्स सबैभन्दा धनी राष्ट्रिय टिम हो, जसको भ्यालु १ हजार ७६० मिलियन अमेरिकी डलर रहेको छ भने इङ्गल्याण्ड दोस्रो स्थानमा रहेको छ । जसको भ्यालु १ हजार ५८० रहेको छ ।

तेस्रो स्थानमा स्पेनको १ हजार ४२० अमेरिकी डलर, चौथों स्थानको पोर्चुगल १ हजार १७० मिलियन अमेरिकी डलर, १ हजार १०० मिलियन डलरसहित जर्मनी पाँचौ नम्बरमा रहेको छ ।

छैटौ नम्बरमा रहेको ब्राजिलसँग १ हजार ८० मिलियन अमेरिकन डलर, सातौं नम्बरमा रहेको अर्जेन्टिनासँग ९ सय ३७ अमेरिकन डलर, आठौं नम्बरमा रहेको नेदरल्याण्ड्ससँग ८७५ मिलियन अमेरिकी डलर र नवौं नम्बरमा रहेको नर्वेसँग ६८४ मिलियन अमेरिकन डलर बराबरको सम्पतिको मुल्याङकन गरिएको छ ।

साथै, बेल्जियम भने ६३५ मिलियन अमेरिकी डलरसहित दशौं नम्बरमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया