श्रावण ५, २०८३ मंगलबार July 21, 2026

स्पेनकाे जीतमा ‘असिस्ट’ गर्ने बिलियम्स परिवारलाई लगेकाे थियाे तस्करले स्पेन

निको विलियम्ससँगै इनाकी विलियम्सले पनि सन् २०२६ को फिफा विश्वकप खेलेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ साउन । सन् २०२६ को फिफा विश्वकपको फाइनलमा स्पेनले ७४औँ मिनेटमा निको विलियम्सलाई मैदानमा उतारेको थियो, उनी सुरुवाती ११ खेलाडीमा समावेश थिएनन्।

फिफा विश्वकपमा विंगरका रूपमा खेल्दै मैदानमा प्रवेश गरेलगत्तै विलियम्सले स्पेनका लागि गोल गर्ने धेरै अवसरहरू सिर्जना गरिदिए । उनले गोल पनि गरेका पनि थिए तर आफ्नै टोलीका एक खेलाडीले गरेको ‘फाउल’ का कारण उक्त गोललाई रेफ्रेली भने मान्यता दिएनन् ।

खैर केही छैन, अतिरिक्त समयको दोस्रो हाफमा मैदानबाहिर जान लागेको बललाई विलियम्सले उत्कृष्ट ‘हेडर’ मार्फत आफ्ना सह खेलाडी फेरान टोरेससम्म पुर्‍याए। टोरेसले उक्त बललाई जाली चुमाए। यससँगै स्पेनले अर्जेन्टिना विरुद्ध अग्रता लियो र अन्ततः फिफा विश्वकपको फाइनल खेल दोस्रो पटक १–० ले जित्यो।

स्पेनको जित पछि सबै खेलाडीले आ आफ्ना पदक प्राप्त गरे। फाइनल खेलको एकमात्र गोलका लागि ‘असिस्ट’ गरेका निको विलियम्सले आफ्नो पदक दर्शक दीर्घामा बसेकी आफ्नी आमाकहाँ लगे। उनले आमालाई पदक हस्तान्तरण गरे र आमाले त्यो पदक आफ्नो घाँटीमा लगाइन्, उनी अत्यन्तै खुसी भएकी थिइन्। यो दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको पनि छ ।

निको विलियम्सको जन्म स्पेनमा भए पनि उनी घानाली मूलका हुन्। उनकी आमा मारिया र बुबा फेलिक्सले आजको अवस्थासम्म आइपुग्न निकै संघर्ष गरेका थिए। सन् १९९३ मा मारिया र फेलिक्स आफ्नो गृहदेश घानाबाट युरोपतर्फ लागेका थिए। उनले आफ्नो परिवारका लागि अझ राम्रो जीवन निर्माण गर्ने सपना देखेका थिए। यसै उद्देश्यका लागि उनले मानव तस्करहरूलाई हजार डलरसमेत बुझाएर सहारा मरुभूमि पार गर्ने प्रयास गरेको इतिहास रहेको छ । तर, त्यो यात्रा अत्यन्तै कष्टकर साबित भयो, बाटोमै उनलाई ट्रकबाट ओर्लन बाध्य पारियो र उनले खाना वा पानी बिना नै मरुभूमिमा कयौं दिन हिडेर पार गर्नु परेको थियो ।

त्यतिबेला मारिया उनीहरूको पहिलो सन्तान यानीकी (निकोका दाजु) लाई गर्भमा बोकेकी थिइन्। यस्तो अवस्थामा पनि उनीहरू स्पेनको मेलिला क्षेत्रसम्म पुग्न दिनौँ सम्म हिँडे। आवश्यक कानुनी कागजात नभएकाले त्यहाँ पुग्ने बित्तिकै उनीहरू पक्राउ परे र उनीहरूलाई फिर्ता पठाउने (डिपोर्ट गर्ने) तयारी भइरहेको थियो। ठीक त्यही बेला एक वकिलले उनीहरूलाई सहयोग गर्न अग्रसरता देखाए। ती वकिलले उनीहरूलाई घानाको सट्टा लाइबेरियाको नागरिकता दाबी गर्न सुझाव दिएका थिए किनभने त्यस समयमा लाइबेरियामा गृहयुद्ध चलिरहेको थियो र यो तथ्यले उनीहरूको मुद्दामा मद्दत पुर्‍याउन सक्थ्यो।

फेलिक्सका अनुसार लामो समय सम्म तातो बालुवामा हिँडेका कारण उनका पाइतालाहरूमा आज पनि दुखाइ महसुस हुन्छ। स्पेनमा बस्ने अनुमति पाए पछि निकोका आमाबुवा बास्क क्षेत्रमा पुगे, जहाँ इनाकी नामका एक चर्चका पादरीले उनीहरूलाई सहयोग गरे। त्यस दम्पतीले आफ्नो जेठा छोराको नाम इनाकी राखिदिए । तर, निको विलियम्सको जन्म सन् २००२ मा स्पेनमा नै भएको थियो। निकोझैँ इनाकी पनि एक फुटबल खेलाडी हुन्, यी दुवै दाजुभाइ एउटै स्पेनिस क्लब एथलेटिक बिल्बाओका लागि खेल्छन्।

निको विलियम्ससँगै इनाकी विलियम्सले पनि सन् २०२६ को फिफा विश्वकप खेलेका थिए । इनाकी घानाको टोलीमा समावेश थिए। उनले सन् २०१६ मा स्पेनका लागि डेब्यु गरेका थिए तर पर्याप्त अवसर नपाए पछि सन् २०२२ मा घानाका लागि खेल्ने निर्णय गरे। इनाकीले एथलेटिक बिल्बाओका लागि ५१० खेल खेल्दै ११४ गोल गरेका छन् । उनी सन् २०१४ देखि यस क्लबमा आबद्ध छन्। निको सन् २०२१ देखि क्लबका लागि खेल्दै आएका छन् र उनले १९९ खेलमा ३७ गोल गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार