मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, ५ साउनः भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।

संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बिमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उहाँले बताउनुभयो । अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् ।

भरतपुर अस्पताल स्वास्थ्य बिमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ । यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो ।

स्वास्थ्य बिमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ । अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ ।

अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताउनुभयो । अहिले अस्पतालको ध्यान गुणस्तरभन्दा भीड व्यवस्थापनमा केन्द्रित हुनुपरेको उहाँले बताउनुभयो । अस्पतालले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग विस्तारित सेवा सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा नियमित खाने औषधि, प्रयोगशालाको सेवाजस्ता सामान्य समस्या लिएर आउने बिरामीलाई पालिकास्तरमा सेवा दिन सके चाप घट्ने र बिरामीले सहज सेवा पाउने उहाँको भनाइ छ । क्रमशः पालिकाहरूसँग सहकार्य गरेर आधारभूत सेवा त्यही दिनेगरी छलफल अघि बढाइएको उहाँ बताउनुहुन्छ । यस्तै रत्ननगर बकुलहर अस्पतालसँग समेत सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । बगालेले भन्नुभयो, “सामान्य समस्या भएका बिरामीलाई स्थानीय तहमा उपचार गर्ने र यहाँ विशिष्टिकृत सेवा दिनेगरी काम गर्नुपर्छ ।”

भरतपुर अस्पताल अस्तव्यस्त र भीड व्यवस्थापनमा मात्र केन्द्रित नभई सेवाप्रवाह र गुणस्तर विकासमा लाग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँ बताउनुहुन्छ । पालिकाहरूमा क्रमशः बिरामीको भर्ना र शल्यक्रियासम्म गर्न केही समय लाग्ने भए पनि यससँगै भरतपुर अस्पतालले विशिष्टिकृत सेवामात्रै दिन सक्ने बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार
लामो समयदेखि संवैधानिक पदमा रिक्तता
२०८३ मंग्सिर ६, आइतबार
आजको मौसम : कोशी लगायत देशका हिमाली क्षेत्रमा आंशिक बदली
२०८३ मंग्सिर ६, आइतबार