श्रावण ९, २०८३ शनिबार July 25, 2026

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), ९ साउनः जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घटेर ६०१ जनामा सीमित भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख व्रिृजकुमार दासका अनुसार डेङ्गु सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा हरेक वर्ष ‘लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर’ अभियान सञ्चालन हुँदै आएको छ ।

स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको अभियान, नियमित सरसफाइ र जनचेतनामूलक कार्यक्रमका कारण सङ्क्रमण नियन्त्रणमा सकारात्मक परिणाम देखिएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार
देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
२०८३ श्रावण ९, शनिबार