श्रावण १२, २०८३ मंगलबार July 28, 2026

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, ११ साउनः पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिनुभएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् ।

गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोमा परी विभिन्न ठाउँमा पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अवरुद्ध बनेको छ । सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउन प्रयासरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया