असोज २१, २०८३ बुधबार October 7, 2026

एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा

विशेष अदालतका न्यायाधीश पौडेल, रावल र श्रेष्ठको इजलासबाट आदेशपछी प्रहरी अनुसन्धान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० साउनः विशेष अदालतले सशस्त्र प्रहरी स्कूल कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सो आदेश दिएको हो । सोही आदेश बमोजिम निजहरुलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएको छ ।

एपिएफ स्कूलको आर्थिक अपचलनसम्बन्धी विषयको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी निरीक्षक गुरुङ र व्यवसायी लामालाई गत असार २० गते प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको पत्रअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ ले निषेध गरेको भ्रष्टाचारको कसूर अपराधको अनुसन्धान गर्न यही साउन ८ गते निज आरोपीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद बैठक
२०८३ असोज २१, बुधबार
सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट
२०८३ असोज २१, बुधबार
मुगुमा पहिरोले बोलेरो जिप पुरियो, चालकसहित यात्रु सुरक्षित
२०८३ असोज २१, बुधबार
एकैपटक ४४ उपसचिवको सरुवा, बदलियो जिल्लादेखि मन्त्रालयसम्मको जिम्मेवारी
२०८३ असोज २१, बुधबार
सडक अवरुद्ध हुँदा लेतेदेखि कोरलासम्म रोकिए ५०० बढी कन्टेनर
२०८३ असोज २१, बुधबार