श्रावण ११, २०८३ सोमबार July 27, 2026

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), ११ साउनः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरेको छ ।

शनिबार अस्पतालमा भएको घटनाको सम्बन्धमा आज मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउनहुन र सर्वसाधारण सबैलाई अस्पतालको संवेदनशिलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिनु हुन अनुरोध गरेको हो ।

शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ ।

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकलगायत सेवा बन्द गर्दै आएका छन् । मन्त्रालयले भनेको छ, “नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधन भएको घटनाप्रति मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । उक्त घटनापछि अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन गरी कानुनी उपचार र न्यायका लागि प्रचलित कानुन बमोजिम हुने व्यवस्था विद्यमान रहेको जनाउँदै मन्त्रालयले त्यस प्रकारका हिंसाका घटनाप्रति शून्य सहनशीलताको नीति दोहोयाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, “स्वास्थ्य अत्यन्त संवेदनशील क्षेत्र हो । त्यसैले उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो संवेदनशीलता बुझ्नु जरुरी महत्त्वपूर्ण छ । सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा निर्भय, सुरक्षित, उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन मन्त्रालय कटिबद्ध छ ।” मन्त्रालयले सबैलाई संयमित हुन र अस्पतालको सेवा नियमित रूपमा सञ्चालन गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन पनि सबैमा अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार